जाजरकोटमा भाइरलका कारण ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी
जाजरकोट, २३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने ।
औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन माग गर्दै स्थानीयले बड्कुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा. पवन शाक्यले बताए । स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्छ । अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताए ।
सो स्थान सदरमुकामभन्दा २३ कोस टाढा पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गरे । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताए ।
रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा, शान्तबहादुर शाहीका दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमार्इंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताए । ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको उनले बताए ।
संस्थाभन्दा धामीझाँक्रीको भरमा
वर्षेनी जाजरकोटका विकट गाउँमा मौसमी रुघाखोकी र ज्वरोका कारण यही समयमा यहाँका स्थानीयवासी बिरामी हुने गर्छन् । अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयवासी बिरामी हुने गरेका छन् । दैनिक खानेकुरा र कपडा लगाउने लगायतका विषयमा ध्यान नदिँदा स्थानीयवासी बिरामी हुने गरेका छन् ।
बालबालिका चिसो मौसममा राति परेको तुषारो बरफ भनेर खाँदा बढी बिरामी हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । वृद्धवृद्धाको चिसो खप्न नसक्दा मृत्यु हुने गरेको छ । अधिकांश गाउँले बिरामी हुनेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीकहाँ जाँदा अकालमै मृत्यु हुने गरेको छ ।
कहाँ-कहाँ छन् बिरामी ?
जुनीचाँदे गाउँपालिका–१ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नं २ का मजकोट, आलीमौगाना, वडा नं ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन–चारजना बिरामी परेको स्थानीय काशीराम न्यौपानेले बताए । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् ।
बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ । त्यस्तै, वारेकोट गाउँपालिकाको वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ । वारेकोट गाउँपालिकाको जिरी र नायकवाडामा बढी बिरामी भएको सिलिगीका स्वास्थ्यकर्मी डम्मर कार्कीले बताए ।
भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन् । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौँ ।
यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।’ सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...