अर्काको किड्नीले बाचिरहेका केपी ओली भन्छन्, ‘यी नभएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो’
काठमाडौं, २३ पुस । आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान जन्मेका छैनन् । केपी दम्पती भक्तपुरको बालकोटमा बस्छन ।
उनीहरुले अर्पण र अभिलाषालाई नै आफ्ना छोराछोरी ठान्ने गरेका छन् । केपी दम्पतीकालागि उसै पनि अर्पण र अभिलाषा धेरै टाढाका सन्तान होइनन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । उनीहरुबिचको पारिवारिक सम्बन्ध प्रगाढ छ ।
अन्जन ओली तिनै भाई बुहारी हुन् जसले केपी ओलीलाई आफ्नो मिर्गौला दान दिएकी थिइन् । सामान्य आर्थिक अवस्था भएको तारा र अन्जनको परिवारलाई गाह्रो साह्रो परेको बेला केपी ओलीले सहयोग गर्दै आएका छन् । अर्पण र अभिलाषालाई केपी ओली दम्पतीले आफ्नै छोराछोरी ठानेर व्यवहार गर्ने गरेको अन्जन सुनाउछिन । दुबै बोर्डिङ स्कुल पढ्छन् । उनीहरुको पढाई लेखाईको खर्च सबै जेठाजू (केपी ओली) ले तिर्ने गरेका छन् ।
अन्जनले भनिन, ‘अर्पण र अभिलाषालाई तिमीहरूले जन्मायौं, छोराछोरी मेरा हुन भन्नुहुन्छ ।’ चितवनको घिमिरे परिवारकी छोरी अन्जन घिमिरे झापाका तारा ओलीसँग विवाह गरेपछि ओली परिवारकी बुहारी बनेकी थिइन । जेठाजूलाई मिर्गौला प्रत्यारोपण गराउनु पर्दा अन्जन मिर्गौला दान गर्न तयार भएकी थिइन । केपीलाई मिर्गौला दान गरेपछि ओली परिवारमा उनलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन ।
मिर्गौला दान गर्ने बेला अन्जनको उमेर २१ बर्ष थियो । केपी ओलीको २०६४ साल असारमा नयाँ दिल्लीस्थित अपोलो अस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जनले मिर्गौला दान गर्ने बेला अर्पण १५ महिनाका थिए भने अभिलाषा पछि जन्मेकी हुन । आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी छन । हेल्थ टुडेले उल्लेख गरेको छ।
केपी भन्छन, ‘अन्जनले मिर्गौला दान नदिएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला ।’ तारा र अन्जन दम्पती काठमाडौंको गुह्येश्वरी पारि भाडाको कोठामा बस्छिन् । उनीहरु समान्य व्यापार र जागिर गर्छन । सामान्य घरायसी जीवन बिताइरहेका छन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजू (केपी) लाई यो या त्यो मागिनन् ।
उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । ‘कुनै रोग , समस्या नभनी लुकायो भने जेठाजूले झपार्नुहुन्छ’, अन्जनले भनिन् ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...