ताजा समाचार

प्याब्सन पूर्व अध्यक्ष पोख्रेलको निधन, २५ गते निजी विद्यालयहरु बन्द हुने

काठमाडौं, २३ पुस । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष एवं पुर्व सांसद डाक्टर बाबुराम पोख्रेलको निधन भएको छ । पोख्रेलको हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको हो । पोखरेलको निधनमा पुस २५ गते निजी विद्यालयहरु बन्द हुने भएका छन् ।

पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ । यस्तै २५ २५ र २७ गते झन्डा आधा झुकाउने, २९ गतेसम्म प्याब्सनका कुनै पनि औपचारिक कार्यक्रम पनि गर्ने प्याब्सनले जनाएको छ ।

यस्तै माघ ३ गने पाल्मा हुने भनिएको कार्यसमितिको पाँचौ पूर्ण बैठक १२ गतेलाई सारिएको एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जानकारी दिएको छ । जेठो छोरा अमेरिकाबाट आएपछि पर्सी मात्रै पोख्रेलको अन्त्येष्टि गरिने छ । पोख्रेलका श्रीमती र दुई छोरा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org