ताजा समाचार

पार्टी एकताको मोडालिटी तयार पार्न एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाडौं, २४ पुस । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्न लागेको हो । दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । पार्टी एकताको मोडालिटीको विषयमा छलफल गर्दै कार्यदल गठन गरिने भट्टराईले बताए ।

पार्टी एकताको विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको थियो । छलफलमा पार्टी एकताका लागि वैचारिक(राजनीतिक र सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सहमति भएको थियो ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत छ । सोही बैठकबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने दुबै पार्टीका नेताहरुले बताएका छन् ।

यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् । पार्टी को कुनै कमिटीको बैठक नबसेपनि आन्तरिक छलफल हुने नेताहरुले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org