ताजा समाचार

डा. शशी शर्माले भने, ‘गोविन्द केसी डिन हुने भए म राजीनामा दिन्छु’

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको आदेशविरुद्ध डा. गोविन्द केसीले अनशन थालेपछि हालै पुनर्वहाली भएका चिकित्सा शिक्षा संस्थान (आइओएम) का डिन डा. शशी शर्माले केसीलाई चुनौती दिएका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै डा. शर्माले केसी डिन भए आफूले राजीनामा दिने बताएका छन् । शर्माले भने, ‘मलाई पदको लोभ होइन संस्थाको लोभ हो। यो चार दिनमा म धेरै काम गर्न सक्छु। आइओएममा ताला लागेको छ म त्यो खोल्न पहल गर्छु।’

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शर्मालाई सर्वोच्चले आइतबार पुनर्वहाली गर्न आदेश दिएको थियो।त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शर्मालाई सर्वोच्चले आइओएममा पुनर्वहाली गर्न आदेश दिएपछि प्राध्यापक डाक्टर गोविन्द केसी अनशनमा बसेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org