ताजा समाचार

काठमाडौंमा बसको ढोकाबाट खसेर एक जनाको ज्यान गयो

काठमाडौं, २४ पुस । बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ । काठमाडौं बालाजु नजिकै बसको ढोकाबाट खसेर बानियाटारका आशिष रिजालको ज्यान गएको हो । सोमबार बिहान बा ३ ख ६६ ९५ नम्बरको बसको ढोकाबाट खसेर रिजाल घाइते भएका थिए । उपचारका क्रममा उनको शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंको नयाँबजारमा बसको ठक्करबाट घाइते भएका गोरखाका आइसिङ गुरुङको ज्यान गएको छ । गुरुङको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारका क्रममा दिउँसो ज्यान गएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org