रामशरण महत र गगन थापालाई बम हान्ने व्यक्ति एउटैः काठमाडौंबाट छुटे, नुवाकोटमा समातिए
नुवाकोट, २५ पुस । सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
३२ वर्षका तामाङलाई ककनीको थानाभञ्ज्याङमा गएको मंसिर १ गते बम विस्फोट गराउन संलग्न भएको अभियोगमा काठमाडौँको प्रहरी नियन्त्रणबाट नुवाकोट प्रहरीले जिल्ला ल्याएको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा संगठनमा आबद्ध तामाङ बम पड्काउन घटनास्थल थानाभञ्ज्याङमा आएको मोबाइल नेटवर्कको आधारमा नियन्त्रणमा लिएकाले थप प्रमाण जुटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ । कांग्रेसका उम्मेदवार महतद्वय चढेको गाडी लक्षित गरी बम विस्फोटन गराउँदा उनीहरु सुरक्षित रहे पनि पाँच जना गम्भीर घाइते भएका थिए ।
तामाङलाई गएको मंसिर १७ गते काठमाडौँमा कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा प्रहरीले हातहतियारसहित पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको थियो । नुवाकोट प्रहरी प्रमुख कुँवरका अनुसार काठमाडौं अदालतबाट धरौटीमा रिहा भएपछि नुवाकोट घटनामा संलग्न रहेका तामाङलाई प्रहरी नियन्त्रणबाट यता ल्याइएको हो ।
ककनी बम विस्फोटमा संलग्न प्रारम्भिक अनुसन्धानमा आठजना देखिएकाले अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकालाई अदालतमा ज्यान मार्ने उद्योग मुद्दाको अभियोगपश्चात् बम विस्फोटसम्बन्धी अपराध मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रहरीको तयारी छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...