ताजा समाचार

मजदुरबिच झडप हुँदा नुवाकोटमा एकजनाको मृत्यु

नुवाकोट, २५ पुस । नुवाकोटमा मजदुरबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । भूकम्प प्रभावितको घर बनाउन नुवाकोट आएका बर्दियाका मजदुरबिच झडप हुँदा एकजनाको ज्यान गएको हो ।

विदुर नगरपालिका–२ शेरामा घर बनाउने काम गर्दै आएका बर्दियाको राजापुर–१० घर भएका ३६ वर्षिय रघुनाथ सिग्देलको राजापुर–१० कै २२ वर्षिय सन्तोष रोकाको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका झडप हुँदा पेटमा गम्भीर चोट लागेका रघुनाथलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । मंगलबार बिहान घाइते रघुनाथको उपचारको क्रममा ज्यान गएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । झडपमा संलग्न सन्तोष रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org