ताजा समाचार

गोवन्द केसीले न्यायाधीशकै अगाडि भने, ‘प्रधानन्यायाधीशले भ्रष्टाचार बढाए’

काठमाडौं, २५ पुस । सर्वोच्च अदालतको अबहेलनासम्बन्धि मुद्धामा पक्राउ परेका डा. गोविन्द केसीको बयान सुरु भएको छ । सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै केसीले १४ औँ अनशन थालेकै दिन सोमबार पक्राउ गरिएको थियो ।

चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गरेका थिए । बयानमा केसीले आफ्नो अडान कायमै राखेका छन् ।

उनले बयानमा भनेका छन्, ‘न्यायालयको अपमान गर्ने मेरो कुनै मनसाय छैन, तर यहाँको भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध मेरो लडाइँ हो। प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेरो लडाइँ हो। मैले विज्ञप्ति मार्फत न्यायालयको आलोचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियो ? अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो, म त्यसमा अडिक छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org