ताजा समाचार

ओली भेट्न प्रचण्ड एकाबिहानै पुगे बालकोट, कार्यदललाई दुवै नेताको यस्तो निर्देशन

काठमाडौं, २६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बसेको भोलिपल्टै दुई पार्टीका अध्यक्षबीच छलफल भएको हो ।

दुई पार्टीका अध्यक्षबीच भएको भेटवार्तापछि राष्ट्रियसभा र प्रदेशसभा गठनमा दुई पार्टीबाट भागबण्डाका लागि चयन गरिएको कार्यदललाई निर्देशन दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यसअघि मंगलबार बसेको बैठकले एमालेका तीन र माओवादी केन्द्रका तीन नेता सम्मिलित कार्यदल बनाएको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।

१२ बजे ओली बैंकक जानेः
यसैबीच, एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्ड जाने भएका छन् । बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org