ताजा समाचार

डा. गोविन्द केसीको आन्दोलनलाई विमलेन्द्र निधिको यस्तो व्यंग

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा. गोविन्द केसीको आन्दोलनमाथि व्यंग प्रहार गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत व्यंग प्रहार गर्दै निधिले केसीको आन्दोलन नानीमैयाँको पुलिगिं अवतार र भक्तहरुको संज्ञा दिएका छन् ।

उनले एक घण्टाको अन्तरमा दुईवटा ट्वीट गर्दै डा. केसीको आन्दोलनको आलोचना गरेका हुन् । पहिलो ट्वीटरमा नेता निधिले लेखेका छन्, ‘अदालतको अवहेलना र अनशन दुबै फैशन हुन लागेको छ। नानीमैंयां प्रवृतिको लोकप्रियता बुद्धिविलासको लागि त रमाईलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनको लागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !!’

त्यसपछि अर्को ट्वीट लेख्दै नेता निधिलेु डा गोविन्द केसीले सरकार, संसद र अदालत मैले भने अनुसार चल्नुपर्छ भन्ने देखाउन खोजेको आरोप लगाएका छन् । जसलाई उनले नानिमैयाको अवतारको रुपमा चित्रण गरेका छन् ।
ट्वीटमा निधिले लेखेका छन्, ‘सरकार, संसद र अदालत तीन वटै (राज्यको अंग) मैले भने अनुसार नै चल्नु पर्छ। I AM THE STATE होईन र यो रु नानीमैयांको पुलिंग अवतार र भक्तहरू!!’

केसीलाई अदालतको मानहानी गरेको अरोपमा सोमबार त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । मंगलबार उनले अदालत पुगेर बयान दिएका थिए भने आज उनीको मुद्दाको बहस जारी छ ।

को हुन् नानिमैया ?
नानीमैया दाहालले २०३८ सालमा भएको पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारी दिएकी थिइन् । र, काठमाडौंमा पञ्चायतका उम्मेदवारलाई पराजित गरेर चर्चामा आएकी थिइन् । नानीमैया मान्छेलार्इ छाडा शव्दमा गाली गर्न, आफूले भनेको नभए जस्तो सुकै काम गर्न पनि पछाडि नपर्ने पात्र हुन् जसलाई २०३८ सालमा मालेले उम्मेदवार बनाएको थियो । उनले राष्ट्रिय पञ्चायतको चुनावमा नगर पञ्चायतका मेयर कमल चित्रकारलाई हराएकी थिईन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org