निर्माण व्यवसायी गौचन हत्याका अभियुक्तहरुलाई ३० वर्ष कैद सजाय मागदावी, को को छन् अभियुक्त ?
काठमाडौं, २७ पुस । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको अनुसन्धान सकिएको छ । गत २३ असोजमा घरबाट निस्किएर कार्यालय जाने क्रममा नयाँ वानेश्वर शान्तिनगरमा गौचनको हत्या भएको थियो। हत्यामा संलग्न समिर बस्नेत लगायत ६ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायरको सिफारिस गरेको छ ।
हत्यामा संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई डिआइजी गणेश केसी संयोजकत्वको छानबिन समितिले गत कात्तिक २८ गते सार्वजनिक गरेको थियो।
घटनामा संलग्न मुख्य सुटरहरु गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन्। त्यस्तै, समिरका निकट व्यक्तिहरु रोशन बुढाथोकी र लोप्साङ लामा पनि फरार छन्। उनीहरुलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार घटनामा संलग्न अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैद सजायको मागदाबी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
अभियुक्तलाई ३० वर्ष कैद सजायको मागः
प्रहरीले संगठित अपराध र कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष र संगठित अपराध मुद्दामा थप १० वर्ष गरी सबै अभियुक्तलाई ३० वर्ष कैद सजायको माग गरिएको छ।
प्रहरीले हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित २० भन्दा धेरै व्यक्ति विरुद्ध मुद्दा दायरको सिफारिस गरेको हो। फरार रहेका गुन्डा नाइके मनोज पुनलाई पनि प्रतिवादी बनाइएको छ।
साढे दुई करोड रुपैयाँ नदिँदा हत्याः
हत्याका मुख्य योजनाकार बस्नेतले बयानका क्रममा आफूले गौचनको हत्या गर्न लगाएको स्विकारेका छन्। गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको उनले लिखित बयान दिएका थिए । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गौचनको डाँफे कन्ट्रक्सनमा कुमार श्रेष्ठ (कुमार घैंटे) मार्फत आफूले पनि लगानी गरेको र घैंटे मारिएपछि आफूले पैसा फिर्ता मागेकोमा नदिएपछि हत्या गरेको बताएका छन्।
हत्याका मुख्य योजनाकार बस्नेतले गौचनलाई करिब पाँच वर्षअघि गुन्डा नाइके कुमार घैंटे मार्फत चिनेका थिए। समिर घैंटेका सबैभन्दा विश्वासिला साझेदार थिए। ठेक्कापट्टामा भने गौचनसँग घैंटेको साझेदारी थियो। त्यही क्रममा घैंटेले नै समिरलाई गौचनसँग चिनजान गराएका थिए।
दुईबीचको कारोबार पनि समिरलाई थाहा थियो। ३ भदौ ०७२ मा कुमार प्रहरी मुठभेडमा काठमाडौंको कपुरधारास्थित घरै अगाडि मारिए लगत्तै डराएर समिरले काठमाडौं छाडे। प्रहरीले खोजी गरेको थाहा पाएपछि भारत भागेका उनलाई ठेक्कापट्टामा कमिसन खाने ‘लत’ परिसकेको थियो।
‘डाँफे कन्ट्रक्सनमा शेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको भन्ने छ’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का निर्देशक डिआइजी पुष्कर कार्कीले गत महिना आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै त्यो पैसा फिर्ता दिन धम्क्याएका थिए।’
त्यही घटनाबाट दुईबीच दुश्मनी बढ्दै गयो। पछि हुलाकी राजमार्गको ठेक्काको २ प्रतिशत कमिसन पनि माग्दै उनले धम्क्याएका थिए। हुलाकी राजमार्गको २ प्रतिशत कमिसन करिब २२ करोड रुपैयाँ थियो। गौचनले पैसा नदिने बताएपछि समिरको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...