ताजा समाचार

गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

काठमाडौं, २७ पुस । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता रहेका छन् । महानगरीय प्रहरी परिषरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेको देखिएकाले पक्राउ गरिएको परिषरका एसपी रामदत्त जोशीले जानकारी दिए । ‘केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको छ’, जोशीले भने ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org