ताजा समाचार

मादक पदार्थ सेवन गरी दाउराले हानेर भाइले गरे दाइको हत्या

इलाम, २७ पुस । इलाममा दाउराले हानेर भाइले दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको बिहीबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सामान्य भनाभनपछि डिल्लीले गंगालाई १ बजेतिर दाउराले हानेर हत्या गरेका थिए । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ । मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाइ छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ । अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org