ताजा समाचार

झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाउँदा एक महिला चालकको मृत्यु

काठमाडौं, २८ पुस । झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाउँदा एक महिला चालकको ज्यान गएको छ । काठमाडौंको पुतलीसडकमा झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा  कार्कीको ज्यान गएको हो ।

शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा नजिकैको पोलमा टाउको ठोक्किएर गम्भीर घाइते भएकी थिईन् ।

बिहान सवा ६ बजे टाउको बाहिर निकालेर टेम्पो ब्याक गरी सडकमा निकाल्ने क्रममा पार्किङ स्थलमा रहेको फलामको पोलमा तुलसाको घाँटी च्यापिएको थियो । उनको उपचारको क्रममा पौने ७ बजे राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org