ताजा समाचार

विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक नलिने गिरिराजमणि पोखरेलको घोषणा

काठमाडौं, २८ पुस । माओवादी नेता गिरिराजमणि पोखरेलले विनाविभागीय मन्त्रीको पारिश्रमिक नलिने घोषणा गरेका छन् । देउवा सरकारले ८६ दिन अगाडि माओवादी मन्त्रीहरुलाई जिम्मेवारीविहिन बनाएपछि विनाविभागीय मन्त्री बनेका थिए ।

सरकार छाडेको पत्र प्रधानमन्त्रीलाई बुझाएपछि पोखरेलले विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक नलिने घोषणा गरेका हुन् । उनले भने, ‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’ पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

सरकार छाड्दा पोखरेलले आफूले व्यक्तिगत रुपमा पारिश्रमिक नलिने बताएका हुन् । अरु मन्त्रीले के गर्छन् ? पोखरेलले भने, ‘यो विषयमा मैले अध्यक्षलाई पनि भनेको छु, उहाँले अरु साथीहरुसँग सल्लाह गर्नु हुन्छ होला ।’

पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि विनाविभागीय हुँदाको पारिश्रमिक नलिने प्रस्ताव आफूले राखेको उनले सुनाए । पोखरेलले भने, ‘यसमा प्रभाकरजी पनि सकारात्मक हुनुहुन्छ ।’ एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org