ताजा समाचार

प्रचण्डले उपचारको लागि पत्नी सीता दाहाललाई छोरीहरुसँगै दिल्ली पठाए

काठमाडौं, ३० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकी छन् । थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता आज उपचारका लागि दिल्लि प्रस्थान गरेकी हुन् ।

यसअघि नेपालमै उपचार हुँदै आएको भएपनि यसपटक नर्भिक अस्पतालले नै नयाँ दिल्लि रिफर गरेकाले थप उपचारका लाग सिता नयाँ दिल्लि गएको प्रचण्डको निजि सचिवालयले जनाएको छ । पुत्र प्रकाश दाहालको निधनको पिडाले स्वास्थ्य समस्या बढाएको भएपनि सिता प्रचण्डको साथमा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त थिर्इन ।

तर पछिल्लो समय स्वास्थ्य समस्या बढेपछि नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा दिल्लि रिफर गरिएको हो । सिताको साथमा छोरीहरु गंगा दाहाल र रेणु दाहाल गएका छन् । राजनीतिक व्यस्तताका कारण प्रचण्ड भने गएका छैनन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org