ताजा समाचार

धनगढी पुगेर देउवाले भने, ‘प्रधानमन्त्री को हुने टुंगो नलागि मैले कसरी सत्ता छाड्ने’

धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री को हुने भन्ने टुंगो नलागी सत्ता छोड्न नमिल्ने बताएका छन् । भावी प्रधानमन्त्री को हुने भन्नेमा वाम गठबन्धनले कानूनी रुपमै नआउँदा आफुले सत्ता छोड्न नमिल्ने बताएका हुन् ।

आइतबार कैलालीको गोदावारीमा बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले संसद गठन नै नभएको अवस्थामा सत्ता हस्तान्तरणको कुरा गर्नु हास्यास्पद भएको बताए । निर्वाचनमा कुनै पनि दलको बहुमत नआएको दाबी गर्दै संविधानको दायरा नबुझि सत्ता हस्तान्तरणको माग गर्नु हास्यास्पद भएको बताएका हुन् ।

नेकपा एमालेलाई लक्षित गर्दै देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा नबुझिकन सत्ता हस्तान्तरणको माग गरेर मात्रै हुँदैन।’ उनले कानुनी हिसाबले आफूले अहिल्यै सत्ता हस्तान्तरण गर्न नमिल्ने जिकिर गर्दै आफू सरकारमा बसिरहन नचाहेको भन्दै प्रक्रिया पूरा गरेरमात्रै सरकारबाट बाहिरिने बताए। ‘म सरकारमा बसिरहन चाहन्न’, उनले भने, ‘प्रधानमन्त्री हुने को हो ? कानुनी हिसाबले अगाडि आउनु प¥यो। म तत्काल सत्ता छाड्न तयार छु।’

उनले राष्ट्रिय सभाको निर्वाचन नै नभई नयाँ सरकारको कुरा गर्नु कानुन र संविधानविपरित भएको समेत दावी गरे। प्रधानमन्त्री देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र मुकाम तोक्ने बताएका छन्।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org