ताजा समाचार

UPDATE: संखुवासभामा जिप दुर्घटना, मकालु गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभा, ३० पुस । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको ज्यान गएको छ । सदरमुकाम खाँदवारीबाट भूकम्प पुननिर्माण प्राधिकरणको बा५च १३०९ नम्बरको पिकअप जीप बरुण नदीको उदगम्स्थल नजिकै लाग्ने बरुण मेलातर्फ जाँदै गरेको अवस्थामा मकालु गाउँपालिका अन्तर्गत सामाटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष एवं एमाले नेता खड्ग बहादुर कटुवालसहित पाँच जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय संखुवासभाका नायव सुव्वा तारिणी घिमिरेले टेलिफोन मार्फत जानकारी दिए ।

दुर्घटनामा परी पूर्व जिविस सभापति एवं एमाले नेता सुरेस राई, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेलको शनाखत भएको छ । त्यस्तै दुई जनाको शनाखत हुन बाँकी रहेको छ । सामाटारस्थित कच्ची सडकबाट अन्दाजी ७ सय मिटर तल अरुण नदीको किनारमा खसेको जनाईएको छ ।

६ जना सवार भएका जीपमा पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org