ताजा समाचार

न्याय नपाए प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने कांग्रेस नेताको चेतावनी

काठमाडौं, १ माघ । सशस्त्र द्वन्द्व पीडित कांग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । द्वन्द्व पीडितले एक महिनाभित्र न्याय नपाए माओवादी विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । तत्काल सशस्त्र युद्धका क्रममा भएका जतिपनि घट्नाहरुकोबारेमा वाम गठबन्धन गम्भिर नबनेको भन्दै एक महिनाभित्र न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै घर्तीले एक महिनाभित्र द्वन्द्व पीडितले न्याय नपाए आफू अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन । उनले भने, ‘सरकारले आजको दिनसम्म धेरै प्रकारका आयोगहरु गठन गर्यो, ती आयोगहरु पैसा कमाउने जागिरमा परिणत भएका छन्, पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरि फेरी एकवर्षे म्याद थप्न खोजिरहेको छ, यस्तो काम भयो भने पीडितको आसुमा रमाउनेहरुले बुझ्नुपर्छ, हामीले आफन्त गुमाएका छौँ, घरपरिवार विस्थापित छ, ६ लाख ४० हजार सम्पति लुटिएको छ, घरपनि छैन्, तीनपटक अपहरण गरि मार्ने कोसिस गरिएको थियो, भाग्यवस म बाँच्न सफल भएको थिएँ ।’

उनले अघि थपे, ‘द्वन्द्व पीडितहरुलाई तत्काल क्षतिपूर्ती दिनुपर्छ, मानव अधिकार उल्लंघनका घट्नामा मुछिएकाहरुलाई कानून बमोजिम कारबाही गरिनुपर्छ, माओवादी युद्धका योजनाकारहरुले ६० हजार द्वन्द्व पीडितहरुसमक्ष माफी माग्नुपर्छ ।’

सल्यान जिल्ला ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्तीले कुनैपनि निकायबाट आजसम्म राहत नपाएको गुनासो गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका घर्तीले भक्कानिँदै भने, ‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’

तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए सशस्त्र यूद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुँडिखेलमा धर्ना दिने र आन्दोलनमा उत्रिने चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org