यसरी गर्नुहोस् योग अभ्यास, जसले तपाईलाई फाईदैं फाईदा, (१५ उपाय)
काठमाडौं, १ माघ । हिजोआज नेपालमा योगको चर्चा र योग कक्षाहरू धेरै सञ्चालनमा आएको पाइन्छ । यो सकारात्मक कदम हो । यस कार्यले के पुष्टि गराउँछ भने मानिसमा स्वास्थ्य सचेतना बढेको छ र योग अभ्यासप्रति सकारात्मक विश्वास बढेको छ । हुन त कतिपय मानिस योग कक्षामा जानुको उद्देश्य मानिससँग भेटघाट गर्न र आफू पनि योग गर्दैछु भन्ने सन्देश दिनलाई मात्र हो भन्ने पनि गएको पाइन्छ ।
यस्तो सोचाइले भने खासै स्वास्थ्यलाई फाइदा पुर्याउँदैन । योगको यथार्थता र महत्वलाई नबुझी नक्कल र देखावटी योग ध्यानले स्वास्थ्यलाई हानि पनि पुर्याउन सक्छ । योग गर्छु भन्दैमा पनि त्यसले फाईदा हुँदैन् । त्यसको लागि विभिन्न तरिकाहरु हुन्छन् । आज हामी तपाईलाई योग अभ्यास कसरी र कति गर्ने भन्ने बारेमा १५ उपाय बनाउँन गईरहेका छौंः
१. खाली पेटमा योग गर्नुहोस्ः
खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ।
२. योग सकेको आधा घण्टापछि मात्रै खानेः
योग अभ्यास सकेको केही समयमै खाना खाने बानीले कुनै फाईदा गर्दैन् । त्यसैले योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खानुपर्छ ।
३. हरेक दिन एउटै समयमा योग गर्नेः
कुनै दिन बिहानै उठेर यो गर्ने कुनै दिन दिउँसो गर्ने बानी छ भने तुरुन्तै हटाईहाल्नुस् । यसको लागि हरेक दिन एउटै समय बनाएर योग गर्नुपर्छ । हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ।
४. खुकुलो लुगा लगाउनेः
यो अभ्यास गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ।
५. शान्त वातारणः
योग अभ्यास गर्दा शान्त, सफा, हावादार तथा न्यानो ठाउँ हुनुपर्छ ।
६. चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ।
७. दिसा-पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ।
८. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।
९. प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ।
१०. सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।
११. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन।
१२. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
१३. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ।
१४. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।
१५. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...