ताजा समाचार

आयोगको ताकेतापछि सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्दै

काठमाडौं, २ माघ । सरकारले आज सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने भएको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेका हुन् । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न लागेका हुन् ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ । केन्द्रका विषयमा प्रधानमन्त्रीले एकपटक आन्तरिक छलफल गरेर निर्णय लिने र दिउँसो मन्त्रिपरिषबाट टुंगो लगाउने तयारी गरेका हुन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org