ताजा समाचार

अन्ततः देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं, २ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए । सोमबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौंला लगायतका शीर्ष नेताहरुले बैठक बोलाउन माग गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org