ताजा समाचार

राजेन्द्र महतो भन्छन्, ‘भारतबिना नेपालले सास समेत फेर्न सक्दैन्’

काठमाडौं, १२ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले भारतबिना नेपालले सास पनि फेर्न नसक्ने बताएका छन् । भारतीय मिडियालाई दिएको अन्तर्वातामा हालै सम्पन्न निर्वाचनमा धनुषा ३ बाट निर्वाचित सांसद् महतोले भारतबिना नेपालले सास पनि फेर्न नसक्ने दाबी गरेका हुन् ।

उनको यहि अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ छापेका छन् । गोरखपुर न्युजले ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल ‘ शिर्षकमा समाचार छापेको छ । महत्तोको उक्त अभिव्यक्ति पछि निकै विवादित बनेका छन् । जनताको लागी राजनीति गर्ने भन्दै आएका एक नेताले दिएको यस्तो अभिब्यक्तीले सामाजिक सञ्जालमा समेत विरोध सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org