ताजा समाचार

भारतीय दूताबासको भोज खान जाँदा प्रचण्ड र बाबुरामबीच एक्कासी भेट भएपछि….

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा सहभागी हुन लैनचौर पुगेका प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रचण्डले भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । भेटका क्रममा नेताद्धयवीच खुलेरै कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।

दुतावास परिसरमा सहभागी एक पत्रकारका अनुसार प्रचण्डले अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेका थिए । यता, बाबुरामले भने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पारेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org