ताजा समाचार

कुख्यात डाँका टिकाबहादुर थापा ‘टिके’ माथि प्रहरीको इन्काउन्टर प्रयास, हात र खुट्टामा दुई गोली लाग्यो

काठमाडौं, १३ माघ । डिल्ली बजार कारागारबाट भागेका ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगरमाथि प्रहरीले गोली चलाएको छ । उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा गोली चलाएको हो । पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिँदा टिकेको हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

उनको हात र तिघ्रामा दुई वटा गोली लागेका र स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । विभिन्न अपराधिक घटनामा संलग्न टिके ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए । टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको हो । मोटरसाइकल चालक अर्का कैदी भूपाल थापा भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

* सम्पादकः यसअघि प्रकाशित समाचार सच्याईएको

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org