ताजा समाचार

सधै बालकोट जाने गरेका प्रचण्डले ओलीलाई आफ्नै निवास खुमलटार बोलाएपछि…

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्लाएक्लै वार्ता बाक्लिएको छ । शुक्रबार एक्लाएक्लै भेटेका ओली र प्रचण्डले आइतबार बिहान पनि एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।

यसअघिका समयमा प्रचण्ड ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटघाटका क्रममा प्रदेश सरकार निर्माणलगायतका विषयमा कुराकानी हुने बताइएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिदैँ गएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org