ताजा समाचार

काठमाडौं भित्रिने नाका नागढुंगाबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाण्डौ, १५ माघ । लागुऔषधसहित २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले छुट्टाछुट्टै घटनामा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । उदयपुर, ठोक्सिलाबाट काठमाण्डौ आउँदै गरेको ना. ६ ख. ७१०० नम्बरको यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा सप्तरी, काँचल बस्ने कृष्ण दासको साथबाट डाइजापाम १९६ एम्पुल, व्रुपिनर्फिन १९७ एम्पुल, नाइट्रोजापाम २०० एम्पुल लागुऔषध बरामद गरेको छ ।

त्यस्तै नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख. ८९३८ नम्बरको यात्रुवाहक बस चेकचाँज गर्ने क्रममा हुम्ला, सिमिकोट बस्ने नर बहादुर बुढालाई नाइट्रोजापाम ९०० ट्यावलेट सहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org