पौडेल समुहको सेखी झार्न शशांकलाई संसदीय दलको नेता बनाउने देउवाको तयारी
काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेका हुन् ।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफू प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिइरहेका बेला देउवाले पौडेल समुहकै कोइरालालाई अघि सारेर पौडेल समुहलाई कमजोर बनाउने खेल खेलेको अनुमान कतिपय नेताहरुले गरेका छन् ।
पौडेल समुहबाट संसदीय दलको नेतामा दाबी गरेका सिंहलाई पनि देउवाले कोइरालालाई अघि सारेपछि समस्या हुने निश्चित छ । पौडेललाई पनि आफ्नै समुहका नेतालाई देउवाले च्यापेपछि धर्मसंकटमा पर्ने निश्चित छ ।कोइरालालाई नै समर्थन गर्दा प्रकाशमानलाई मनाउनुपर्ने चुनौति छ भने समर्थन नगर्दा आफ्नै समुहबाट महामन्त्रीमा विजयी भएका कोइराला रुष्ट हुने सम्भावना छ ।
देउवाले प्रकाशमानसँग प्रतिस्पर्धा गर्नुभन्दा कोइरालाई अघि सार्दा सहज हुने भएकाले नयाँ रणनीति लिएको बुझिएको छ । यद्यपी देउवाले पौडेल समुहका कोइरालालाई संसदीय दलको नेता बनाउँदा देउवा समुहकै कतिपय नेताहरु भने रुष्ट हुने देखिन्छ ।
पार्टीको पराजयपछि निकै आलोचना खेपेका देउवाले नेतृत्व हस्तान्तरणको माग गर्ने युवा नेताहरुको समुहबाट विश्वप्रकाश शर्मालाई प्रवक्ता र बद्री पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर युवा नेताहरुको समुह फुटाइसकेका छन् । अब कोइरालालाई अघि सार्दा पौडेल समुह कमजोर बन्ने अनुमान देउवाको छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...