ताजा समाचार

राजेन्द्र महतो भन्छन्, ‘भारतले नेपालको कुनै पनि भूभाग मिचेको छैन’

भक्तपुर, १५ माघ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भारतले नेपाली सीमा नमिचेको दाबी गरेका छन् । उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको दाबी गर्दै नेपालको कुनैपनि भूभाग भारतले नमिचेको बताएका हुन् ।

महतोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए । यदि सीमा सम्बन्धित विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिए ।

नेपालका नेताहरूले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होइन, दुई देशबीचको आपसी सम्बन्धलाई पनि सुधार गर्न सक्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष महतोले भारतीय दूतावासमा अन्य राजनीतिक दलका नेताहरू पटक पटक पुग्दा कुनै विषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे ।

अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरूले देश र जनताका विषयमा केही गर्न नसकेको उनको आरोप छ । नेपालमा छिमेकी देशसँगको सम्बन्धकाबारे दल र व्यक्तिपिच्छे नीति होइन राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org