ताजा समाचार

धनराज गुरुङ लगायतका कांग्रेस नेताहरु जब जुत्ता पालिस गर्दै सडकमा बसे…

काठमाडौं, १६ माघ । मंगलबार सबै शहिद दिवस मनाईरहेका बेला बानेश्वरको सडकमा फरक दृश्य देखियो । बानेश्वरको सडकमा कांग्रेसका युवा नेताहरु एकाएक हिडिरहेका पैदलयात्रीहरुका जुत्ता पालिस गर्न थाले । राजनीति शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस नेता-कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरेका हुन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका हुन् ।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिए । भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org