ताजा समाचार

ओखलढुंगामा दुई समूहबीच कुटाकुट हुँदा १ जनाको मृत्यु, ५ घाइते

ओखलढुङ्गा, १६ माघ । ओखलढुंगामा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । बिहेमा दुई समुहका युवाहरुबीच कुटाकुट हुँदा मोलुङ गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय कुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ । झडपमा पाँच जना घाइते भएका छन् ।

झडपमा गम्भिर घाइते मगरको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए ।

मोलुङ गाउँपालिका वडा नम्बर ७ का गंगाबहादुर मगरको बहिनीको विवाहमा मदिरा सेवन गरेका युवाहरुबीच झडप भएको हो । मदिरा सेवन गरेका शेर्पा समुदायका युवाहरुले मगर परिवारमाथि आक्रमण गरेपछि झडप भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org