ताजा समाचार

बानेश्वर चोकमा जुत्ता पालिस गरेर कांग्रेस नेताले १ घण्टामा कमाए ३० हजार

काठमाडौं, १६ माघ । बानेश्वरको सडकमा सर्वसाधारणको जुत्ता पासिल गरेर कांग्रेस नेताहरुले ३० हजार आम्दानी गरेका छन् । राजनीतिक फोहोर सफा गर्ने भन्दै मंगलबार बिहानै सडकमा सर्वसाधारणका जुत्ता पालिस गरेका कांग्रेस नेताहरुले दुई घण्टामै ३० हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

राजनीति शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस युवा नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी लगायतकाले मंगलबार बिहान नयाँ बानेश्वर सडकमा हिडिरहेका पैदलयात्रीहरुका जुत्ता पालिस गरेका थिए । जुत्ता पालिस गर्दा उनीहरुले कुनै शुःल्क नतोकेपनि आफूखुसी उनीहरूले नै पैसा दिएका थिए ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनीहरुले सर्वसाधारणको जुत्ता पालिस गरेका हुन् । मंगलबार बिहान १० देखि ११ बजेसम्म सर्वसाधारणका जुत्ता पालिस गरे। ‘हामी सधैँ जुत्तामा पालिस गर्ने जस्ता थिएनौं, सुरुमा हामीलाई देखेर मान्छे अलमलिए। पछि ब्यानर पढेपछि मात्र खुट्टा दिए,’ जुत्ता पालिस गर्नेमध्येका एक नेता धनराज गुरुङले भने, ‘ हामीले पैसा तोकेका थिएनौं आफूखुसी उनीहरूले नै पैसा दिए।’

त्यसमध्ये किसुनजीले सधैँ चिया खाने गरेको चिया पसल लक्ष्मी दिदीले २ हजार रुपैयाँ दिएकी थिइन्। पूर्वराज्यमन्त्री एंव कांग्रेस नेता राजेन्द्र खरेलले जुत्ता पालिस गरेवापत् पाँच हजार रूपैयाँ दिए। ‘कसैले १०० पनि दिनु भयो कसैले हजार पनि दिनुभयो,’ गुरूङले भने।

एक घन्टा जुत्ता पालिस गर्दा उनीहरूले ३० हजार रुपैँया कमाएको सर्वसाधारणको जुत्ता चम्काएका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । ‘राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै हामीले किसुनजीको सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ। श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश पनि जाओस भन्ने हो,’ भण्डारीले भने, ‘ सहिद दिवसकै दिन पारेर किसुनजी जस्ता अग्रज भएको हाम्रो पार्टी अहिले सही दिशामा छैन त्यसमा सुधार आवश्यक छ। नैतिकताको राजनीति आवश्यक छ भन्ने सन्देश दिन खोजेका हौँ।’

कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए। जम्मा भएको पैसा प्रतिष्ठानको कोषमा जम्मा हुने भण्डारीले जानकारी दिए।

http://news-nepal.com/737012/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org