ताजा समाचार

भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् ज्ञानेन्द्र, ‘राजा’कै रुपमा भव्य स्वागत

काठमाडौं, १७ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्रलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाको छ ।

प्रमुख आतिथ्यलाई ग्रहण गर्दै ज्ञानेन्द्र माघ २२ गते (सोमबार) भारत प्रस्थान गर्न लागेका छन् । माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाको रुपमा विशेष आमन्त्रण गरिएको छ ।

समारोहमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ । त्यस अवसरमा ज्ञोनन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ । स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन । भारतकै राष्ट्रपति समेत गर्भगृहमा जान पाउने छैनन् ।

यसअघि तत्कालिक राजा वीरेन्द्र शाहबाट गर्भगृहसम्म पुगेर पूजाआजा गर्ने कार्य भएको थियो । तीन दशकपछि ज्ञानेन्द्र शाहले उक्त अवसर पाएका छन् । उनलाई पूर्व श्री ५ नभइ श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ ।

उनीबाट पुरीमा स्थापना गरिएको गौशालाको उद्घाटन हुने कार्यक्रम छ । उनले गोपीनाथ मन्दिर पुगी स्त्यावतीको पूजा पनि गर्नेछन् । माघ २२ गते शाह कलकत्ता भएर उडिसा जाने र यस यात्रामा पूर्व रानी कोमल शाहको सहभागिता नरहने बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org