ताजा समाचार

पार्टी एकता पहिला कि सरकार गठन पहिला एमाले–माओवादीबीच विवाद, संयोजन समिति बैठक बस्दै

काठमाडौं, १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता कि सरकार गठन पहिला भन्नेमा विवाद देखिएको छ । एमालेले सरकार गठनपछि मात्रै पार्टी एकता गर्नुपर्ने बताउँदै आएको छ । तर माओवादी नेताहरुले भने पहिलो पार्टी एकता गर्नुपर्ने माग गर्दै आएका छन् । जसले गर्दा दुई पार्टीका नेताहरुबीचको विवाद सतहमा आएको हो ।

एमालेले पार्टी एकता प्रक्रिया लम्बिन सक्ने भन्दै पहिलो सरकार गठनमा जोड दिएको छ । माओवादीलेले भने सरकार गठन भएपछि आफुहरुमाथि धोका हुनसक्ने भन्दै पार्टी एकता गरेर मात्रै सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् । साथै एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।

माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ । तर, पद बाँडफाँट र कार्यदिशामा कुरा नमिलेकाले एमाले र माओवादी बीचको पार्टी एकता सरकार गठनपछि मात्रै हुने सम्भावना छ । तर, माओवादी नेताहरुले भने सरकार गठनअघि नै एकता हुनुपर्ने बताउँदै आएका छन् ।

यसैबिच पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । बैठक एमाले दलको कार्यालय सिंहदरवारमा दिउँसो तीन बजे बस्ने तय भएको छ । बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org