ताजा समाचार

देउवाले लेखाए ईतिहासमा आफ्नो नाम, दुई महिनामा गरे ३ सय निर्णय

काठमाडौं, १८ माघ । शेर बहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले चुनाव सम्पन्न भएपछिको दुई महिना अवधिमा मात्रै ३ सय भन्दा बढी निर्णय गरेको छ । सरकारले २१ मंसिर देखि १७ माघ सम्मको अवधिमा मात्रै झन्डै ३ सय निर्णय गरेको हो। सामान्यतया निर्वाचन लगत्तै सरकार काम चलाउ हुने तथा यस्तो सरकारले अत्यावश्यक र नियमित प्रशासनिक काम मात्रै गर्नुपर्ने मान्यतालाई बेवास्ता गर्दै देउवा नेतृत्वको सरकारले पछिल्लो दुई महिने अवधिमा मात्रै ३ सय निर्णय गरेको छ ।

यो अवधिमा सरकरले वृद्धभत्ता उमेर अवधि ७० बाट ६५ मा झार्ने, भूकम्पपीडितलाई १ लाख रुपैयाँ थप गर्ने, किड्नी, क्यान्सर र पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ । देउवा नेतृत्वको सरकारले निर्वाचन अघिको ६ महिनामा ५ सय ५९ वटा निर्णय गरेको थियो । सरकारले हचुवाको भरमा निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकस भएपछि झन्डै दर्जन निर्णय अलपत्र जस्तै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

२३ जेठमा प्रधानमन्त्री नियुक्त भएका देउवाले २४ जेठमा पदभार ग्रहण गरेका थिए । देउवाले आठ महिनाको अवधिमा सात पटक सम्म मन्त्रिपरिषद गठन र विघटन गर्दै इतिहासकै जम्बो ६५ सदस्यीय मन्त्रिपरिषद बनाए । उनकै कार्यकालमा स्थानीय तह, संघ र प्रदेशसभा निर्वाचन भने सफलतापूर्वक सम्पन्न भएको छ ।

चुनावपछि लोकतान्त्रिक पद्धति अनुसार व्यवहार देखाउन नसकेको र धमाधम दर्जनौं निर्णय गराएर मुलुकलाई आर्थिक व्ययभार पार्ने र नकारात्मक असर पर्ने दूरगामी निर्णय गरेको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org