ताजा समाचार

सर्वोच्चले उल्ट्यो देउवा सरकारको निर्णय, रुकुम पूर्व जिल्लाको सदरमुकाम नसार्न आदेश

काठमाडौं, १८ माघ । रुकुम पूर्व जिल्लाको सदरमुकाम नसार्न सर्वोच्च अदालतले आदेश दिएको छ । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई रोक्दै तत्काल नसार्न निर्देशन दिएको हो । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी पोखरेल, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए । सरकारले सदरमुकाम सार्ने निर्णय गरेको विरोधमा विगत ८ दिनदेखि रुकुममा आन्दोलन भइरहेको छ । सिडिओलाईसमेत घेराबन्दी गरेर सदरमुकामका जनताले ८ दिनदेखि बन्द र हडताल जारी राखेकै बेला सर्वोच्चले देउवा सरकारको निर्णय उल्ट्याइदिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org