ताजा समाचार

दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ ट्वीस्टः पीडित युवतीले भनिन्, ‘सहमतिमै सेक्स गरेका हौं’

काठमाडौं, १८ माघ । प्रहरीवृत भित्र भूईचालो ल्याएको भनिएको दरवारमार्ग बलात्कार प्रकरणले नयाँ मोड लिएको छ । गत बिहीबार काठमाडौंको दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनाकी पीडित युवतीले प्रहरीसमक्ष दिएको बयानपछि नयाँ मोड लिएको हो । प्रहरी सम्पर्कमा आएर दिएको बयानका क्रममा ती युवतीले आफुहरुबीच सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बताएकी छिन् ।

बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएपछि बयान लिन थालिएको छ । यसअघि उनी प्रहरीको सम्पर्कबाट बाहिर थिइन् । घटनाको छानबिन गर्न काठमाडौं प्रहरी परिसरले गठन गरेको समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बुधबार साँझ युवती सम्पर्क आएपछि बयान लिइएको बताए ।

पीडित युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बयान दिएकी छिन् ।घटनाको भोलिपल्ट शुक्रबार पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा मौखिक उजुरी दिएकी थिइन् । तर, प्रहरीको मिलेमतोमा घटनालार्इ लुकाइएको आरोप लागेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी आफ्नै संगठनको थुनामा राखेको छ । उनलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको हो । वृतका डिएसपी तिलक भारतीलार्इ समेत काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।

महानरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार बुधवार साँझ टेकु पुगेकी युवतीलाई छानविन समितिका एक सदस्यले बयान लिँदा ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको’ बताएकी थिइन् । तर, ती सदस्यले त्यसरी घटना लुकाए ‘राम्रो नहुने’ भन्दै यथार्थ बताउन आग्रह गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org