ताजा समाचार

भारतीय विदेश मन्त्रीलाई भेट्न मधेशी नेताहरु विराटनगरबाट काठमाडौं आए

काठमाडौं, १८ माघ । नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज साँझ मधेशी नेताहरुसँग डिनर मिटिङ गर्ने भएकी छन् । एकाएक नेपालको भ्रमणमा आउन लागेकी स्वराजले आज साँझ साढे ८ बजे मधेशी नेताहरुलाई भेट्न लागेकी हुन्।

एमाले अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा भेटेपछि स्वराजले मधेशी नेताहरुसँग डिनरका लागि समय छुट्याएको भारतीय दूतावासले जनाएको छ । स्वराजलाई भेट्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरुसहित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जाँदैछन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादव स्वराजलाई भेट्न विराटनगरबाट आजै साँझ काठमाडौं पुगेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org