ताजा समाचार

जाँदाजाँदै देउवाले नेपाल प्रहरीका इन्सपेक्टरदेखि डीआईजीसम्म बढुवाको तयारी

काठमाडौं, १८ माघ । शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले नेपाल प्रहरीमा फेरी बढुवाको तयारी गरेको छ । देउवा सरकारले कादीर्घकालिन महत्व राख्ने नेपाल प्रहरीमा ठूलो संख्यामा अफिसरहरुको बढुवा गर्ने तयारी गरेको हो ।

प्रहरीका १४ डीआईजी सहित अन्य अधिकृतहरु बढुवाका लागि भन्दै बुधवार नै प्रहरी प्रधान कार्यालयले ‘निर्वाचत आयोगको सहमतिका लागि’ गृह मन्त्रालयमा पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र दरबन्दी थप भएको ५ सहित १४ डीआईजी र सय जना हाराहारी इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न आयोगको सहमतीका लागि पत्राचार गरेको गृह मन्त्रालयका एक अधिकृतले जानकारी दिए ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले सहमतिका लागि गृह मन्त्रालयमार्फत आयोगमा पठाउन पत्राचार गरेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सहमतिका लागि पठाएको पत्र मन्त्रालयले आयोगमा पठाउने तयारी गरेको छ ।

सई बाट इन्स्पेक्टर बढुवाका लागि प्राविधिकतर्फबाट १० जनालाई बढुवा गर्न सहमति माग गरिएको छ । एसएसपी, एसपी र डिएसपी पदमा पनि उल्लेख्य संख्यामा बढुवाका लागी प्रहरी प्रधान कार्यालयले सहमति मागेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org