ताजा समाचार

एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वारजबीच होटल सोल्टीमा भेटवार्ता

काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएकी स्वराज र ओलीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आएकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन् । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिएका थिए ।

दुई वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला ६ महिनासम्म भारतले नाकाबन्दी गरेपछि विग्रिएको सम्बन्ध सुधारको प्रयासका रुपमा यो भेटवार्तालाई लिइएको छ । मोदीकै इच्छामा बिना पूर्वतयारी भएको यो भ्रमणमा आफ्ना कुनै एजेन्डा नभएको स्वराजले काठमाडौँ झर्नेवित्तिकै बताएकी थिइन् । उनले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन आफू नेपाल आएको बताएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org