ताजा समाचार

राजधानीका ८ स्थानमा आज राति १० बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने

काठमाडौं, २२ माघ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न ८ स्थानमा आजराती १० बजेदेखि १२ बजेसम्म विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको महाराजगन्ज सडकखण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि ती स्थानमा विद्युत् कटौती गर्न लागेको हो ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी बुढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल नजिक मेलम्चीको पाइप विछ्याउनुपर्ने बाध्यताका कारण विद्युत् कटौती गर्न लागिएको जनाएको छ । ११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित विद्युत् प्रणालीमा अवरोध हुने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाइएको छ ।

खानेपानी, धापासी, बुढानिलकण्ठ, गोल्फुटार, बाँसबारी अस्पताल, बालुवाटार र गोगबु फिडरमा त्यसले प्रभा्व पार्ने प्राधिकरणले जनाएको छ । यस्तै सामाखुसी चोक, टोखा रोड, बसुन्धरा चोक, गाण्डी, गंगालाल, न्यूरो अस्पताल समेत विद्युत् कटौतीको चपेटामा पर्ने भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org