ताजा समाचार

प्रदेश ४ को प्रदेशसभा बैठक पोखरामा शुरु, किन उपस्थित भएनन् दीपक मनाङे

पोखरा, २२ माघ । प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक पोखरामा शुरु भएको छ । बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा सुरु भएको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन् ।

बैठकमा अहिले दलका प्रतिनिधिहरुले मन्तव्य राखिरहेका छन् । प्रत्येक ठूला दलबाट तीनरतीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एकरएकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम छ ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद् छन् । जसमध्ये नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका ३, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले भने हालसम्म शपथ लिएका छैनन् । शपथ नै नलिएका कारण उनी बैठकमा सहभागी छैनन् ।प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org