ताजा समाचार

प्रदेश १ इन्चार्ज गोपाल किरातीलाई कारवाही गर्न १८ पोलिटब्युरो सदस्यले प्रचण्डलाई लेखे पत्र

काठमाडौं, २३ माघ । माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारबाही गर्न माग गरिएको छ । माओवादी केन्द्रका १८ जना पोलिटब्युरो सदस्यहरुले किरातीलाई अनुशासनको कारवाही गर्न माग गरेका हुन् । आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोध समेत गरेका छन् ।

१८ पोलिटब्युरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले प्रचण्डलाई पत्र नै लेखेर किरातीलाई कारवाहीको माग गरेका हुन् । पत्रमा लेखिएको छ, ‘क. साइँलाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित देखिन्छ ।’ पत्रमा थप लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’

किरातीलाई कारबाहीको माग गर्ने पोलिटव्यूरो सदस्यहरुमा श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं र हर्क नेम्वाङ रहेका छन् ।

त्यस्तै राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाइँ र अरुण सुन्दासको नाम पनि किरातीलाई कारवाहीको माग गर्दैै लेखिएको पत्रमा उल्लेख छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org