ताजा समाचार

प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा किन दर्ता भएन ?

काठमाडौं, २३ माघ । प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुन सकेन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवलेहना गरेको दाबी गर्दै परेको निवेदन सर्वोच्च अदालतमा दर्ता हुन नसकेको हो । अधिवक्ता मनोज अधिकारीले दिएको निवेदन कारण नखुलेको भन्दै रजिष्टारले फिर्ता गरेका छन् । अब कारण खुलाएर निवेदन दिएमा दर्ता वा दरपीठ हुनेछ ।

डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाका क्रममा प्रधानन्यायाधीशले आफूलाई बोलाएर धम्क्याएको डा. सुरेन्द्र भण्डारीको दाबी र उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदनका आधारमा अधिकारीले अवहेलनाको निवेदन दिएका थिए । निवेदनमा पराजुलीसँगै अधिवक्ता भण्डारी र सञ्चार माध्यमहरुलाई समेत विपक्षी बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org