ताजा समाचार

माओवादीभित्र प्रदेश ६ को मुख्यमन्त्री छान्न सकस, २५ गतेभित्र टुंगो लगाउ जनार्दन शर्मा सुर्खेतमा

सुर्खेत, २३ माघ । माओवादी केन्द्रभित्र प्रदेश ६ को मुख्यमन्त्रीका विषयमा विवाद बढेको छ । मुख्यमन्त्रीका आकांक्षीहरुले आ आफ्नो अडान कायम राखेपछि विवाद झन चर्किएको हो । अब यसको टुंगो २५ गतेभित्र टुंगो लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीहरु महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया २५ गते भित्रै टुंगिने भएको हो ।

प्रदेश कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि तीनै जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएकाहरुको नाम प्रदेश कमिटीमै फिर्ता गदिदिएको छ ।

प्रदेशबाट मुख्यमन्त्रीको टुंगो लगाउन सकस भएपछि बिवादको सहजिकरण गर्न नेता जनार्दन शर्मा अस्थायी मुकाम सुर्खेत आएका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले २५ गते भित्र प्रदेश ६ को मुख्यमन्त्रीको छनौट हुने बताए ।वीरेन्द्रनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले पार्टी पद्धती अनुसार नै २५ गतेभित्र मुख्यमन्त्री चयन गरिने बताएका हुन् ।

महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन आउनुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा शर्माले भने,’त्यसो होइन, पार्टी पद्धती अनुसार चयन गर्ने हो । धेरैको दावी हुनु स्वभाविकै हो । म सहजिकरण गर्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org