ताजा समाचार

चूडामणि शर्माको घरमा तोडफोड गर्ने विप्लवका ४० कार्यकर्ता पक्राउ

काठमाडौं, २३ माघ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गर्ने नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका ४० कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा मंगलबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका थिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले करिब ४० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा १४ महिला र २८ पुरुष रहेको महानगरीय प्रहरी बृत्त महामराजगन्जका प्रहरी इन्सपेक्टर दिनेश भण्डारीले जानकारी दिए ।

अदालत र राज्यबाट संरक्षित भ्रष्टचारीलाई चेतावनी स्वरुप घर तोडफोड गरिएको उक्त पार्टीले जनाएको छ। कर फछर्यौट आयोगमा रहँदा अर्बौं रकम भ्रष्टचार गरेको आरोपमा अख्तियारले शर्मासहित आयोगका तीन पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतले एक करोड रुपैयाँ धरौटीमा शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो। त्यसकै विरोधमा नेकपाले शर्माको घरमा तोडफोड गरेको जनाएको छ। आक्रमणबाट शर्माको घरका टायर र झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ।

http://news-nepal.com/742602/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org