ताजा समाचार

कोमल वलीले प्रदेशसभा बैठकमा उपरखुट्टी लगाउँदा किन भयो कोलाहाल ?

काठमाडौं, २४ माघ । जहाँ कोमल वली त्यहाँ लफडा ! गर्न मिल्ने नमिल्ने सबै कुरामा अघि सर्ने, उनलाई देखेर कर्मचारीहरु नर्भस हुने १ यस्तो रमिता देखियो, प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक कक्षभित्र । नबोलाइएकी र आउनुपर्ने सूचीमा पनि नभएकी गायिका वली २१ गते दिउँसो १ बजे बुटबलस्थित बैठकस्थलमा देखा परिन् । उनी सोही प्रदेशबाट राष्ट्रिसभा निर्वाचनमा एमाले उम्मेदवार हुन् ।

अर्को उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वा्चित भइसकेकी छन् । तर, निर्वाचन आयोगले मत परिणाम घोषणा गरेर शपथ नलिउञ्जेलका लागि वैधानिक राष्ट्रियसभा सदस्य हैनन् । तर, पहिलो प्रदेशसभा बैठकमा उपरखुट्टी लगाएर रमिता देखाइन् । एकातिर कोमल त्यस्तो रमिता देखाउने, अर्कातिर कर्मचारीहरु ‘लरी लरी’को तालमा मच्चिने ।

राष्ट्रिय गानका लागि सभासद् उठिसके । एउटा पेनड्राइभ हाल्नुपर्नेमा अर्कै हालेछन् । त्यसपछि गाउँछन् गीत नेपाली ज्यातिको पंख उचाली बजेपछि कोमल मुख छोपेर हाँसिन् । अरु सभासद् सीटमा बस्न थाले । एकजना टेक्निसियनले हत्तपत्त गीत बन्द गरेर अर्को पेनड्राइभ हालेपछि बल्ल ‘सयौं थुङ्गा ‘’ बज्यो । फेरि सबै उठे ।

यतिबेलासम्म कोमलको अनुहारचाहिँ हाँसी९खुशी नै थियो । पहिला सभासद् बस्नेभन्दा पछाडि रहेको दर्शक दीर्घामा देखापरिन् । संसद् सचिवालयका कर्मचारीले त्यहाँबाट विशिष्ट अतिथि बस्ने दीर्घामा राख्न महिला मर्यादापालकलाई खटाए ।

महिला मर्यादापालकले ‘म्याम, हजुरको सीट यता हो’ भन्दै विशिष्ट अतिथि बस्ने ठाउँ देखाए । तर, एमालेकै सभासदहरुले ‘हैन, हैन । अहिले उहाँ त्यता बस्ने हो’ भन्दै कर्मचारीहरु बस्ने दिर्घाति देखाए । कोमल यता र उता भइन् । मर्यादापालकले बैठकक्षभित्र धेरै उभिन नपाइने भनेपछि उनी कर्मचारीहरु बस्ने दीर्घामै थचक्क बसिन् । बस्न त बसिन् । तर, घरी मोबाइलबाट सेल्फी खिच्ने, घरी मोबाइलमै ऐना हेरेर लिपिस्टिक मिलाउने गर्न थालिन् । जनआस्था साप्ताहिकमा खबर छ ।

‘म्याम यहाँ यस्तो मिल्दैन’ भनेर मर्यादापालकले सम्झाएपछि मोबाइल लुकाइन् । एकछिनपछि उपरखुट्टी लगाएर बसिन् । अर्का मर्यादापालकले गएर भने, ‘हजुर खुट्टा ‘ मिलेन हजुर !’ खुट्टा तल झारिन् । अधिकांश सभासद् सभामुखतिर हेरिरहेका थिए, तर केही सभासद्चाहिँ बैठकमा छिरेदेखि निस्किँदासम्म कोमल वलीबाहेक केही नहेरी फर्किए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org