ताजा समाचार

प्रदेश ६ को मुख्यमन्त्री विवाद टुंगियो, महेन्द्रबहादुर शाही सर्बसम्मत

काठमाडौं, २४ माघ । प्रदेश ६ को मुख्यमन्त्रीको विवाद माओवादीले टुंगो लगाएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो । कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद शाह अब मुख्यमन्त्री बन्ने पक्का छ ।

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।

यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन । मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा सहजीकरणका लागि सुर्खेत पुगेका थिए । शर्मा औपचारिक घोषणा भएपछि मात्रै फर्किने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org