ताजा समाचार

प्रदेश ४ को राष्ट्रियसभा निर्वाचन सम्पन्न, किन आएनन् दीपक मनाङे

पोखरा, २४ माघ । प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ। पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजे सकिएको थियो । प्रदेश नम्बर ४ बाट निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भएको हो।

प्रदेश ४ मा अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वाचित भैसकेका छन्। अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गरेका छन्। अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी परेको थियो।

कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी बीच प्रतिस्पर्धा भएकोछ। एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा भएकोछ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशका स्थानीय कुल तहमा प्रमुख९उपप्रमुख वा अध्यक्ष९उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन्। मनाङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ (दिपक मनाङे) ले भने मतदान गरेनन् । उनलाई सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय तोकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org